FAQs Complain Problems

सूचना

६ नं वडा कार्यालय, मौवाबोटे

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण दूरदराजको साविक गा वि स मौवाबोटे हाल वराहपोखरी गाउँपालिका वडा नं ६ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल १२.५१ वर्ग कि मि र वि सं २०६८ को जनगणना अनुसार कूल जनसंख्या १४१० छ । यो जनसंख्या र भुगोलको दृष्टिले सबैभन्दा कान्छो वडा हो । हालको वडा कार्यालय भवन २०५५।०५६ मा बनेको भवनमा सञ्चालित छ । यस वडामा एक स्वास्थ्य चौकी, तीन गाउँघर क्लिनिक, तीन खोप केन्द्र, एक सामुदायिक वन, एक सरकारी स्वीकृत गै स स चोमोलुङ्मा सेवा समाज रहेको छ ।

विद्यालयहरु : चकलीदेवी आ वि, इमिखीम आ वि, मौवाबोटे आ वि, जनसहयोग आ वि चाप्लुखा र जलकन्या आ वि आहाले र एक बाल विकास केन्द्र रहेका छन् ।  

धार्मिक स्थलहरु : चकली देवी मन्दिर, डाँडागाउँको बप्तिस चर्च, राङभाङ्गेको हात्तीटार

पर्यटकीय स्थलहरु : राप्चा डाँडा, रुक्नाखोलाको झरना

घरधुरी संख्या : २२५

जातियताको अवस्था : राई (पुमा), खड्का, वि क, परियार, नेवार आदी । 

वडा अध्यक्ष : श्री दुर्गा बहादुर राई

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
१४१०
Ward Contact Number: 
९८६०९४८२२४