FAQs Complain Problems

सूचना

वराहपोखरी गाउँपालिकाको एक संक्षिप्त परिचय

वराहपोखरी गाउँपालिका खोटाङ जिल्ला सदरमुकाम दिक्तेलबाट दक्षिणी भेगमा करीव २१ कोष (६७.२ कि. मि.)को दूरीमा अवस्थित छ । प्रसिद्ध वराहपोखरीको नामले प्रख्यात यो गाउँपालिकाको केन्द्र वराहपोखरी तालबाट दझिणपट्टि १५ कि.मि.को दूरीमा रहेको बाघखोर भञ्ज्याङमा पर्दछ । साविकका गा.वि.स.हरु क्रमश: वराहपोखरी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा र मौवाबोटे गरी ६ वटा वडामा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल १४१.६ वर्ग कि.मि. रहेको छ । यस गाउँपालिकाको पूर्वमा जन्तेढुङ्गा गाउँपालिका, उत्तरमा खोटेहाङ गाउँपालिका र पश्चिम-दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लासँग छुट्ट्याएको छ । प्राय: जनजाति राई, मगर, क्षेत्री, ब्राह्मण, नेवार, तामाङ, भुजेल, वि.क., परियार, नेपाली लगायत अन्य जातजातीहरुको बसोबास रहेको यस गाउँपालिकाको वि.सं. २०७८ सालको जनगणना अनुसार ११,३९७ कूल जनसंख्यामध्ये ५,६७० (४९.७%) जना पुरुष र ५,७२७ (५०.३%) जना महिलाको जनसंख्या रहेको छ । यस गाउँपालिकाको साक्षरता दर ७१.९% (पु: ७९.२% र म: ६४.७%), जनघनत्व : ८१, जम्मा घरधुरी संख्या : २,५६८ तथा लैंगिक अनुपात :९९ पुरुष प्रति १०० महिला रहेको छ । खोटाङको दक्षिणी नाकाको रुपमा रहेको यस गाउँपालिका प्राकृतिक सम्पदाले धनी छ । विशेषगरी सुनापाताल डाँडा, घोप्टेथला, गोकुलथुम्का डाँडा, साउनेचउर फाँट, धाप्लाङघाट फाँट आदी यस गाउँपालिकाका धार्मिक एवं पर्यटकीय ठाउँहरु हुन् । यस गाउँपालिकाको दक्षिणमा वंशिलाघाट, चमेरेघाट, कम्पुघाट, धाप्लाङघाटले उदयपुरसँग व्यापार लगायत अन्य पक्षमा सघाउ पुर्याउँदै आएको छ । उल्लेखित व्यापारिक नाका तथा बजार केन्द्रले उदयपुरका बेल्टार, गाईघाट लगायत भित्री मधेश र तराईका बजारसँग सम्बन्ध गाँसेको छ ।

जन प्रतिनिधि